Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

केन्द्रीय र स्थायी कमिटी जनअनुमोदित हुन् त ?

राजेन्द्र अर्याल

……लाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखान चरितार्थ भएको छ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक स्थिरताका लागि पाँच बर्षसम्म ढुक्कका साथ सरकार बनाई देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता गर्दै मत मागेको थियो, एमाले–माओवादी केन्द्र गठबन्धनले । वाम गठबन्धन बनाइएको भए पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउनका लागि मतदाताले नेकपालाई मत दिएका थिए । जनताले झण्डै दुईतिहाई मत पनि दिए ।

त्यसपछि पार्टी एकता पनि भयो, ओलीको नेतृत्वमा सरकार पनि बन्यो । जनता हर्षित भए, कर्याकर्ता उत्साहित भए । अब देशले काँचुली फेर्ने भयो, जनताको समृद्धिको सपना साकार हुने भयो भनेर । तर पार्टी एकता र ओली नेतृत्वको सरकार बनेकोमा केही देशी विदेशी तत्व नाखुस थिए, जो सल्बलाउँदै सुरुदेखि षडयन्त्रका तानाबाना बुन्न उद्यत देखिन्थे । त्यही पृष्ठभूमिमा २ बर्ष बित्न पाउदा नपाउँदै सत्तारुढ दलमा ओली हटाउने खेल भयो, जुन दुःखद् हो । त्यो पनि सिङ्गो विश्व कोरोना संक्रमणसँग लडिरहेको बेला यस्तो हुनु झन् दुःखद हो । यो कुराले नेकपालाई मत दिएका जनताको अपमानमात्र भएको छैन जनमतमाथि बलत्कार हुन पुगेको छ ।

बिश्व कोरोना भाइरसबाट आतंकित भइरहेको बेला राज्य तथा सम्पूर्ण पार्टी एकजुट भएर यो महामारी विरुद्धमा लाग्नुपर्ने हो । तर यो बिषम परिस्थितिमा एउटै पार्टीभित्रको यो भाँडभैलो, कुर्सीको खेलले जनतामा निराशा छाएको छ भने कार्यकर्तामा चिन्ता, आक्रोश र बितृष्णा बढेको छ । देशमा स्थिरता भएको र विकास हेर्न नचाहने, कम्युनिस्ट एकता भएको सहन नसक्ने तथा ओली प्रधानमन्त्री भएको चित्त नबुझ्ने तत्व अहिले पार्टीभित्रको अन्तर कलहबाट हर्षित बनेको देखिन्छ । यो तत्व यो अन्तरबिरोधमा खेलिरहेको पनि छ । नेकपा नेतृत्वले जग हसाउँदै उनीहरुकै इशारामा नाचिरहनु उदेकलाग्दो बिषय बन्न पुगेको छ । एकातिर कोरोना भाइरसको संक्रमणले देश आतंकित बनेको छ, जनता त्रसित छ्न भने अर्कातिर बजेटको तयारीमा जुट्नुपर्ने अबस्थामा यी सबै बिषयमा गैरजिम्मेवार बन्दै सत्ताको छिनाझप्टीमा लाग्नुको अर्थ के हुन्छ रु यस्तो बेला जनमुखी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने र कोभिड–१९ का बिरुद्धमा लड्न एकमना एकता कायम गरेर जानुपर्ने हो । तर यस्तो खेल खेलिनुले अस्थिरता चाहनेहरुलाई फाइदा पुगेको छ । गणतन्त्रमाथि नै प्रश्न उठ्ने बेला आइसकेको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना कमीकमजोरी हटाउँदै अब सबै मिलेर पार्टीले भने अनुसार काम गर्छु भनेर आत्मालोचना गरिसकेपछि फेरि एकपछि अर्को बखेडा झिक्नुको अर्थ र मनसाय के हुन सक्छ रु कोरोना संक्रमणविरुद्ध लड्न र सरकारलाई सफल पार्न न त पार्टी नेताको सुझाव सहयोग नै देखिन्छ बरु सरकारलाई असफल पार्न कहिले भैंसेपाटी त कहिले खुमलटार त कहिले कोटेश्वर मोर्चाबन्दी हुन्छ । तर कोरोनाबाट देश र जनतालाई जोगाउन, जनमुखी बजेट ल्याउन एबम् सरकार लोकप्रिय बनाउन ती नेताले आवश्यक ठान्दैनन् । आखिर अहिलेको नेकपाभित्रको यो तमासा केका लागि हो रु पार्टी हितका लागि, जनताका लागि वा देशका लागि वा प्रभुका लागि रु यो अनुत्तरित प्रश्नको जवाफ इतिहासले दिनेछ । समय आएपछि जनताले दिने नै छन् ।

कम्युनिस्ट पार्टीमा बहस, छलफल र बिवाद हुनु स्वभाविक हो तर यो सिद्धान्त, विचारको जगमा हुनु अनिवार्य छ । अहिले नेकपामा देखिएको बिवाद न कुनै सिद्धान्तको जगमा नै छ न त बिचारमा । छ त केवल निहीत स्वार्थको धरातल र जगमा । अहिले एकथरीलाई लागेको छ ओलीलाई ढलाउने उपयुक्त बेला यही हो, कतिपयलाई लागेको छ पार्टी फुटाउने उत्तम अवसर यही हो ।

कतिपय नेताले मन्त्री मुख्यमन्त्री बन्न नपाएको कुण्ठा ओकलिरहेको बुझ्न गाह्रो छैन । कतिपय नेता मन्त्रीबाट हटाइएकोमा आगो भएको देखिन्छ । कतिपय नेतालाई आफ्ना पकेटका ब्यक्तिले नियुक्ति नपाएको र निकटका एजेन्टले ठेक्का नपाएको झोंक छ । यिनै र यस्तै चिन्तन तथा गलत प्रवृत्ति हावी हुँदा निहीत स्वार्थ अन्तरसंघर्षको आवरणमा बिवाद सतहमा छताछुल्ल भएर पोखिएको छ । केही लोभ, केही पूर्वाग्रह, केही आलोचना देखाउने प्रवृत्तिसँगै बार्गेनिङको औजार र स्वार्थसिद्ध गर्ने अस्त्र बनाउन मूल नेतृत्वको तेजोबध गर्ने संस्कार पनि पार्टीभित्र छँदैछ । तथापि यी सबै कुरा पानीको फोका साबित हुनेछन किनकि यो आन्दोलन र पार्टी यी नेताले मात्र बनाएका होइनन् ,यो पार्टी निर्माणमा सयौ नेता कार्यकर्ताले रगत पसिना बगाएका छन् । धेरै बाबुआमाको कोख रित्तिएको छ, बच्चाहरु टुहुरा बनेका छन् । धेरैको सिउँदो पुछिएको छ । सयौ क्रान्तिकारीको बलिदानबाट बनेको हो यो पार्टी । हजारौंले आफ्नो परिवार त्यागेर भोकभोकै, पटक–पटक मृत्युको मुखबाट बचेर बनाएको हो । जुन पार्टीसँग लाखौ कार्यकर्ता र जनतासँगै यो देशको भविष्य जोडिएको छ । जस्ले यो पार्टी बचाउने छन् । त्यसैले नेताहरु जतिसुकै जुरुक जुरुक गरे पनि पार्टी एकतको स्प्रीट र कार्यकर्ताको भावना बिपरीत जान सम्भव छैन । यदि कसैले त्यस्तो दुस्साहस गरे इतिहास र जनताले माफ गर्ने छैनन् ।

अहिले मूल नेतृत्व खासगरी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको तेजोबध गर्ने धुन्धुकारी खेल भइरहेको छ । नेतृत्वले कार्यकर्तालाई कस्तो सस्कार सिकाउँदैछ । नेतृत्वको तेजोबध गर्ने यो शैलीले पार्टी कसरी सुदृढ हुन्छ रु पार्टी एकता गर्दा सब ठिक, आफूले पद पाउँदा सब ठिकठाक, अरुमाथि अन्याय भएर आफूले पद पाउँदा पनि क्या बात । तर अहिले यो कस्तो मोर्चाबन्दी रु देश कोरोना विरुद्धको बन्दाबन्दीमा नेताहरु सरकार ढलाउने र बनाउने फोहरी खेलको मोर्चाबन्दी रु कस्तो दुर्भाग्य १ पार्टी एकता नभएको भए तत्कालीन एमालेको दशौ महाधिवेशन भइसकेको हुन्थ्यो । दशौ महाधिवेशनमा धेरै नेताको हैसियत देखिन्थ्यो । माओवादी केन्द्रको त कुरै छाडौं, पार्टी एकता हुँदा यिनै दुई अध्यक्षको आशीर्वाद र अंशबन्डाबाट तथा नेताहरुको कोटको खल्तीबाट फुत्तफुत्त निकालेर नेतृत्वमा पुग्दा सबै राम्रो भयो । अहिलेको नेतृत्व कहाँ र कसरी कार्यकर्ताबाट अनुमोदित भएर आएको हो रु प्रश्न यहाँनेर पनि छ । कुरा सहिसलामत हुँदा ठिक छ, तर विधि पद्धतिको कुरा आउँदा यो कुरा उठ्छ कि उठ्दैन रु हेक्का राख्ने बिषय हो यो । सचिवालयको कुरा छाडिदिउँ भने पनि स्थायी समिति र केन्द्रीय समितिका सदस्य नेताहरु कुन विधि र पद्धतिबाट आउनु भएको हो रु अब बहसको बिषय बनाउने कि नबनाउने रु के विधि र पद्धति आफू छिर्दामात्र लागू नहुने हो । अर्थात् आफू छिर्दा विधि प्रक्रिया नचाहिने रु

यसैले अब सचिवालयको संख्या आवश्यक छ भने दैनिक कार्य संचालनका लागि थपौ । नेताको लाइक डिस्लाइकका आधारमा, नेताको फेरो समाएर बनाइएको, कार्यकर्ताबाट अनुमोदित नभएका यी स्थायी र केन्द्रीय नामका समिति भङ्ग गरौं । यसमा पनि जुँगाको लडाइँ हुन्छ भने पार्टी महाधिवेशनको मिति तय गरी आयोजक समितिमा रुपान्तरण गरौं । अन्तमा, पार्टी एकताको मर्म भावना तथा जनमतको कदर गर्दै सहमति र सहकार्यका साथ नेतृत्व अघि बढ्नुको बिकल्प छैन । नेकपा र यो सरकारमा ओलीको बिकल्प ओली नै हो । यो अहिलेको आवश्यकता र जनमत हो ।

साभार