Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सांंसद र कर्मचारीको कोरोना परीक्षण गरिदै

मेरो कर्णाली
काठमाडौ ,बैशाख २५ गते

शुक्रवार बाट सुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण गरिने भएको छ । संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो। बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ। सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।