Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

एजेण्डा तय नुहदाँ स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

मेरो कर्णाली
काठमाडौँ बैशाख २४ गते ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बिहान ११ बजेदेखि बस्‍ने भनिएको नेकपा स्थायी कमिटी बैठकमा एजेण्डा तय नुहँदा स्थगित भएको छ । दुई अध्यक्ष बीच वार्तामा पनि सहमति नजुटेपछि स्थायी कमिटीमा लैजाने एजेण्डा तय नभएका कारण बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन्। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकमा राख्‍ने एजेण्डा तय गर्न सकेको थिएन। यही शनिबार बसेको सचिवालय बैठकले २५ गते बिहीवारका लागि स्थायी कमिटी डाक्ने निर्णय गरेको थियो । बुधबार सम्ममा पनि सचिवालयले स्थायी कमिटीमा लैजाने एजेण्डा तय गर्न सकेको थिएन। बुधबार बसेको सचिवालयले पनि एजेण्डा तय गर्न नसकेपछि त्यसको जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्डलाई दिएको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एजेण्डा तयसँगै स्थायी कमिटी बस्‍ने नबस्‍ने निर्णयको जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको जानकारी बुधबार साँझ सञ्चारकर्मीहरुलाई दिएका थिए। स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको अभियान सशक्त पार्नु पर्ने तथा नयाँ बजेट निर्माणमा पनि लाग्‍नुपर्ने भएकाले तत्काललाई स्थायी कमिटी बस्‍न नसक्ने बताएका थिए।

error: Content is protected !!