Loading... आजः बुधबार, कार्तिक १४, २०८१
Trending

डा बाबुरामविरुद्ध उजुरी दिन नेकपा सांसद र पूर्वआइजीपी पुगे मावअधिकार आयोग

मेरो कर्णाली
काठमाडौं बैशाख २२ गते ।
जनता समाजवादी पार्टीका नेताहरुले सांसद अपहरण जस्तो गम्भीर झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको भन्दै नेकपाका सांसद र पूर्वआइजीपी उजुरी दिन मानवअधिकार आयोग पुगेका छन् । जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई लगायतका नेताहरुले आफूहरुलाई हुँदै नभएको आरोप लगाएर मानवअधिकार हनन गरेको भन्दै उनीहरु आयोग पुगेका हुन् । नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठका साथै पूर्वआइजीजी सर्वेन्द्र खनाल आयोग पुगेका हुन् ।

उनीहरुलाई जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लगाएको छ । सांसद यादवले नै सञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा आफूलाई अपहरण नगरेको बताएका थिए । तर, पछि दिएको अन्तर्वार्तामा उनले नै आफू अपहरणमा परेको बताएका थिए । सांसद तथा पूर्वआइजीपी नै सांसद यादवको घर पुगेर उनीहरु सँगसँगै काठमाडौं आएका थिए । डा बाबुराम भट्टराई लगायतका नेताले सांसद यादव अपहरणमा परेको भन्दै सञ्चार माध्यमलाई जानकारी गराएका थिए । अपहरणको झुटो आरोप लगाएर आफूहरुको मानहानी गरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गरेर सांसदहरु र पूर्वआइजीपी आयोग पुगेका हुन् । यसअघि सांसद यादवले अपहरणमा परेको भन्दै आयोगमा उजुरी दिएका थिए । आयोगमा उजुरी दिन पुगेका सांसद महेश बस्नेतले कुनै सांसद वा पार्टिले आफुलाई अन्याय भएको भन्दै अन्य पार्टीमा आफ्नो भविष्य खोजेपछि आफुहरु गएर वार्ता गरेको र त्यसलाई अतिरन्जीत गरि अपहरण गरेको भन्दै मानहानी गरेको भन्दै उजुरी दिन पुगेको जानकारी दिएका छन ।