Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

पाँच हजारभन्दा बढी विपन्न परिवारले राहत पाए

मेरो कर्णाली
सल्यान ।बैशाख २२, गते ।
सल्यानका १० वटै स्थानीय तहले दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने पाँच हजारभन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेका छन्। स्थानीय तहले पाँच हजार चार सय ७३ घरपरिवारलाई राहत वितरण गरेका हुन्। जिल्लाको शारदा नगरपालिकाले सबैभन्दा धेरै नौ सय १६ घरपरिवारलाई राहत वितरण गरेको छ। यस्तै बागचौर नगरपालिकाले आठ सय ९० घरपरिवार, बन्गाड कुपिण्डे नगरपालिकाले सात सय ५३ विपन्न घरपरिवारलाई राहत वितरण गरेको जनाएका छन्। कालीमाटी गाउँपालिकाले आठ सय १३ घरपरिवार, दार्मा गाउँपालिकाले चार सय ८४ घरपरिवार, छत्रेश्वरी गाउँपालिकाले चार सय ५७ घरपरिवार, कुमाख गाउँपालिकाले चार सय घरपरिवारलाई राहत वितरण गरेको छ। यस्तै सिद्धकुमाख गाउँपालिकाले दुई सय ७५ घरधुरी, त्रिबेणी गाउँपालिकाले तीन सय ५७ घरपरिवार र कपुरकोट गाउँपालिकाले एक सय २८ बिपन्न घरपरिवारलाई राहत वितरण गरेका जनाएका छन्। असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा बिपन्न परिवारलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड अनुसार नै वितरण गरिएको त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए। वडास्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी राहत वितरण गरिएको उनको भनाई छ। पहिलो चरणमा दुई सय ५७ घरपरिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दास्रो चरणको राहत वितरण गर्न सुरू गरेको छ। आइतवार एक सय घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ। लगातारको बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकाहरूलाई राहत वितरण गरेको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए। वितरण प्रक्रियालाई एकद्वार प्रणालीबाट लागु गर्नुको साथै पीडितहरू कोही पनि नछुटुन् र नदोहोरिउन् भन्नेमा गाउँपालिका सचेत रहेको उनको भनाई छ।

error: Content is protected !!