३४ नेपाली कामदारमा कोरोना पुष्टि

एजेन्सी
काठमाण्डौ बैशाख २१ गते ।
साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित भएका छन्। जसमा दुई जना महिला छन्। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ। कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले संक्रमित सबै नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए।
साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताए। उनले बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताए। बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ। अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ।
साउदी र गैरसाउदीबीच भेदभाव गरिएको छैन। बिरामी भएर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान नगर्ने चलन छ। ३४ मध्ये २ जना निको भइसकेको छ। १८ जना अस्पतालमा छन्। १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्वारेन्टाइनमा सारिएको पौडेलले बताए। संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन्।

