Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण

मेरो कर्णाली
बीरगञ्ज वैशाख २१ गते ।
नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा ः उदयनारायण सिंहले जानकारी दिए ।

error: Content is protected !!