एनपीएलले पायो आईसीसीबाट मान्यता

काठमाडौं : नेपाल प्रिमियर लिग -एनपीएल_को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी_बाट मान्यता पाएको छ ।
१० दिनपछि सञ्चालन हुने प्रतियोगितालाई आईसीसीले औपचारिक रुपमा मान्यता दिएको हो ।
नेपाल क्रिकेट संघ -क्यान_ले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ ।’


