Loading... आजः आइतवार, साउन १०, २०८३
Trending

मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

सुर्खेत  :  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।

गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो ।

गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिनुभएको हो । कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यतिबेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए ।