ढुंङ्गा लागेर शिक्षिकाको मृत्यु


दैलेख : दैलेखमा ढुंङ्गा लागेर एक शिक्षिकाको मृत्यु भएको छ । नारायण नगरपालिका ११ बिन्ध्यवासिनीकी ३० वर्षीया विष्णुकुमारी शाहीको पहिरोले बगाएको ढुंगा लागेर मृत्यु भएको हो । नौमुले गाउँपालिका १ तोलीमा रहेको माइती घरको खेतमा काम सकेर घर फर्किने क्रममा भूतेखोला नजिक पहिरोले बगाएको ढुंङ्गा टाउकोमा लाग्दा शाही गम्भिर घाईते भएकी थिईन् ।
घाईते शाहीलाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो । मृतक शाही कृष्ण आधारभुत विद्यालय नौमुले गाउँपालिका १ राइलीमा कार्यरत हुनूहुन्थीयो । उहाँको ६ बर्षको एक छोरा छन् भने श्रीमान् तीन वर्षदेखि रोजगारीका सिलसिलामा मलेसियामा रहेको परिवारले जनाएको छ ।

