सोसेक नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

दैलेख : सोसेक नेपालको १९ औँ वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सोसेक नेपालको आयोजना सुशासन बिज्ञ मिना शर्माको सहजीकरणमा १९औँ वार्षिक लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधि, पु¥याएको योगदान र हासिल भएका उपलब्धिबारे विस्तृत समीक्षा गर्दै आगामी दिनमा कुन–कुन क्षेत्रमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले वर्षभरि भएका कामहरूको समीक्षा गर्दै संस्थाले आफ्ना प्राथमिकताका क्षेत्रहरूमा पारदर्शी ढङ्गले काम गरिरहेको र आगामी दिनमा प्राप्त सुझावहरूलाई समेटेर कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।
सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले सामाजिक परीक्षणमा प्राप्त रचनात्मक सुझाव र प्रतिक्रियाले संस्थालाई अझ परिष्कृत रूपमा अगाडि बढ्न मार्गदर्शन मिलेको बताउनुभयो । उहाँले लक्षित वर्ग, सीमान्तकृत समुदाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यलाई आगामी दिनमा अझ सशक्त र व्यवस्थित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा कर्मचारी, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
सामाजिक परिक्षण कार्यक्रममा सहभागीहरुले सस्थाले समुदाय स्तरमा गरेका सकरात्मक काम र आगामी दिनमा गर्ने पर्ने कामका विषयमा आफ्नो धारणा राखेका थिए ।


