Loading... आजः बुधबार, बैशाख ३०, २०८३
Trending

एम्बुलेन्समै नागरिकताको प्रतिलिपी


दैलेख  :   मेरुदण्ड भाँचिएपछि शरीर नचल्ने अवस्थामा रहेका नौमुले गाउँपालिका–२ का महेश थापा मगरलाई जिल्ला प्रशासन कार्यालय दैलेखले एम्बुलेन्समै पुगेर नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा उपचाररत महेशलाई बैंक खाता खोल्न नागरिकताको प्रतिलिपि आवश्यक परेपछि नौमुले गाउँपालिकाले एम्बुलेन्समार्फत जिल्ला प्रशासन कार्यालय दैलेखसम्म पु¥याएको थियो । जिल्ला प्रशसानमा पु¥याएका महेश थापा मगरले हस्ताक्षर गर्न समेत कठिन भएपछि जिल्ला प्रशासनको टोलीले एम्बुलेन्समै सबै कुुरा पु¥याएर नागरिकताको प्रतिलिपी उपलब्ध गराएको थियो ।
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले महेशको नागरिकता पहिलेदेखि नै बनेको भएपनि नागरिकतामा स्टिकर नभएका कारण बैंकले खाता खोल्न नमानेपछि प्रतिलिपि लिन उहाँँ प्रशासनमा आएको बताउनुभयो । “मेरुदण्डमा समस्या भएका कारण उहाँको शरीरका अन्य भागसमेत चल्न सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो, “त्यसैले प्रशासनका कर्मचारीले नै सबै प्रक्रिया पूरा गरेर एम्बुलेन्समै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हौँ ।” उहाँका अनुसार महेशको आर्थिक अवस्था कमजोर रहेकाले उपचारका लागि सहयोग संकलन गर्न बैंक खाता खोल्न आवश्यक परेको थियो ।
महेशका बुवा विष्णु बहादुर थापा मगरले बिरामीका लागी नौमुले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले गरेको सहयोग प्रति धन्यबाद दिनुभयो । उहाँले गाउँपालिकाले एम्बुलेन्सनै नपठाईदिएको खण्डमा नागरिकताको प्रतिलिपि लिन समेत कठिन हुनेथियो । गाउँपालिका र प्रशासनले समन्वय गरेर सेवा प्रवाह गरेको भन्दै यसलाई मानवीय कार्यको रूपमा लिइएको थियो ।