Loading... आजः बुधबार, बैशाख ३०, २०८३
Trending

विधान संशोधन नगर्ने एमालेको निर्णय

काठमाडौं  :  नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन हुनेछ। यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको बताउनुभयो । बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो। नामावली भने शनिबार सार्वजनिक गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।