Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

विद्यार्थी संख्या नपुगेको भन्दै स्थानान्तरण गर्ने तयारी


कमल शर्मा
दैलेख  :   कृषि तथा बन विज्ञान बिश्वविद्यालय रामपुर चितवनको आंगीक क्याम्पसका रुपमा रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेज दुल्लुमा ५० प्रतिशत भन्दा कम विद्यार्थी भर्ना भएको भन्दै विद्यार्थीलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ । कृषि तथा बन विज्ञान बिश्वविद्यालय कृषि संकाय डिनको कार्यालयले एक बिज्ञप्ती जारी गर्दै मिति २०८१ असोज १९ गते लिएको (बिएससी एजी)विद्यार्थी भर्ना कार्यक्रममा प्राकृतिक श्रोत ब्यबस्थापन कलेज दुल्लुमा ५० प्रतिशत भन्दा कम विद्यार्थी भर्ना भएकाले मिति २०८१ साउन २७ गते कृषि स्नातक (बिएससी एजी)तहको प्रवेश परिक्षा सम्बन्धी प्रकाशित सुचनाको बुदा नः १५ मा आंगीक कलेजहरुमा भर्ना संख्याको ५० प्रतिशत कम विद्यार्थी भर्ना भएमा ती विद्यार्थीहरुलाई कृषि संकायले निर्धारण गरेको मेरिटको आधारमा स्थानान्तरण गरी अध्यापन गराईने भन्ने ब्यबस्था बमोजीम विद्यार्थी स्थानान्तरण गर्न सुचना प्रकाशन गरिएको विश्वविद्यालयले जनाएको छ ।
कृषि तथा बन विज्ञान बिश्वविद्यालय कृषि संकाय डिन प्राःडा अर्जुन कुमार श्रेष्ठले विद्यार्थी भर्ना कम भएको र भर्ना सुचना प्रकाशित गर्दा नै उल्लेख गरिएको बुदा नः १५ अनुसार विद्यार्थीलाई मेरिटका आधारमा स्थानान्तरण गर्न सुचना जारी गरेको बताए । उनले विद्यार्थी संख्या कम भएको र शिक्षकहरुको तलव ब्यबस्थापन समेत समस्या भएका कारण आफुहरुले स्थानान्तरणका लागी सुचना प्रकाशन गरिएको बताए उनले भने आंगीक क्याम्पसहरुनै मर्ज गर्ने विभिन्न समयमा मन्त्रालय बाट नै परिपत्र आएको भएपनि यो आर्थिक बर्षमा विद्यार्थी भर्ना कम भएकै कारण प्राकृतिक श्रोत ब्यबस्थापन कलेजमा कक्षा संचालन गर्न सकेनौ । कर्णाली प्रदेशमा एक मात्र आंगीक कृषि क्याम्पसका रुपमा रहेकोे प्राकृतिक ब्यबस्थापन कलेज संचालनका लागी कर्णाली प्रदेश सरकारले त्यसको अगुवाई गरी बजेट बिनियोजन गरेको खण्डमा आफुहरुले त्यसको गुणस्तरको निरीक्षण गर्न सक्ने प्राःडा श्रेष्ठको भनाईछ ।

प्राकृतिक श्रोत ब्यबस्थापन कलेजमा विद्यार्थी भर्ना कम भएकै कारण कलेज नै बन्द गरी विद्यार्थी स्थानान्तरण गर्न लागिएको भन्दै दुल्लु नगरपालिकाले कृषि तथा बन बिज्ञान विश्वविद्यालयका उपकुलपतीलाई पत्र लेख्दै प्राकृतिक श्रोत ब्यबस्थापन कलेजको कक्षा संचालनका लागी पत्राचार समेत गरेको छ । उपकुलपतीलाई पठाइएको पत्रमा भनिएको छ अहिलेको अबस्थामा उच्च शिक्षा अध्ययन गर्ने भन्दै लाखौ विद्यार्थी बिदेशीने गरेको अबस्थामा देशभरका विश्वविद्यालयमा विद्यार्थी घट्दै गएको परिपेक्षमा आफ्नै आगनमा संचालन भएको कजेल बन्द हुनुपर्ने अबस्था आउनु दुखद हो । दुल्लु नगरपालिकाले लाखाँै लगानी गरेको कलेज बन्द गर्न लाग्नुले विश्वविद्यालय राजनिति बाट प्रेरित भएको देखिन्छ । दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालले नगरपालिकाको पहलमा दुल्लु नगरपालिका –१३ का नागरिकहरुले कलेज स्थापना गर्न एक सय रोपनी जग्गा दान गरेको,भौतिक संरचना निर्माण गरिएको दुई वटा शैक्षिक भवन,एक वटा प्रशाशैनिक भवन एक वटा स्टाफ क्वाटर निर्माण र फिल्ड समेत निर्माण भइसकेको अबस्थामा विद्यार्थी स्थानान्तरण गर्न लाग्नु दुखद रहेको बताए । उनले दुल्लु नगरपालिकाले प्राकृतिक श्रोत ब्यबस्थापन कलेजलाई विभिन्न सहयोग गरिरहेको र यो आर्थिक वर्षमा मात्र पाँच लाख रुपियाँ बिनियोजन गरिएको बताए । उनले भने प्राकृति श्रोत ब्यबस्थापन कलेजका विद्यार्थीलाई मात्र स्थानान्तरण नगरी अन्य कलेजका विद्यार्थीलाई त्यहा ल्याएर पढाउन सकिने कुरालाई कृषि तथा बन बिज्ञान विश्वविद्यालयले काम किन गरेन ।

त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य एवम पूर्व सांसद राज बहादुर बुढा लगायतका नेताहरुले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री लाई पत्र लेख्दै कलेज संचालनका लागी पहल गरिदिन अनुरोध गरेका छन । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रीलाई पठाएको पत्रमा भनिएको छ दैलेखको दुल्लु नगरपालिका –१३ मा रहेको कर्णाली प्रदेशको एक मात्र आंगीक क्याम्पसको तेस्रो बर्षको कक्षा संचालनका लागी कृषि तथा बन बिज्ञान विश्वविद्यालयका आंगीक क्याम्पसहरु कैलाली,बाँके र रोल्पामा विद्यार्थी स्थानान्तरण गर्न लागिएको भन्ने सुन्न आएकाले उक्त सुचना(निर्णय)लाई सच्याएर दुल्लु नगरपालिका –१३ मा रहेको प्राकृतिक श्रोत ब्यबस्थापन कलेजमा कक्षा संचालन,आवश्यक शिक्षक दरबन्दी लगायतको भौतिक ब्यबस्थापन मिलाईदिन अनुरोध गर्दछौ । प्राकृतिक श्रोत ब्यबस्थापन कलेज २०७७ सालमा स्थापना भई कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा आंगीक क्याम्पसका रुपमा रहदै आएको छ । प्राकृतिक श्रोत ब्यबस्थापन कलेज दुल्लुमा भर्ना भएका विद्यार्थी मेरिटका आधारमा अन्य कलेजमा स्थानान्तरण गर्न लागेपछि धेरै विद्यार्थीहरुमा अन्यौलता छाएको त्यहा अध्ययनरत विद्यार्थीहरुले जनाएका छन । उनीहरुले घर आगनमै पढ्न पाउने आफ्नो हकलाई समेत कृषि बन बिज्ञान विश्वविद्यालयले सुनिश्चितता गर्न नसकेको बताएका छन ।