Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जसले विदेश त्यागेर कृषि रोजे

कमल शर्मा
दैलेख  :   गाउँमा रोजगारी नपाउने कृषि खेती गरौँ भने बजारीकरणको समस्या त्यही समस्याले गर्दा रोजगारीका लागी साउदी अरब पुग्नुभयो भगवतीमाई गाउँपालिका –४ मन्घरका नबिन बिसी । दुई वर्ष विदेशमा बस्दा अपमानको भारी बोकेर गाउँ फर्किदा छिमेक र टोलका युवाहरू भने कोही मलेसिया,कतार,साउदी अरबतिर भविष्य खोज्दै थिए । बिसीले भने गाउँ आएपछि कृषिमा केही गर्ने सोच बनाएर ब्यबसायिक तरकारी खेतीमा लागे जसले विदेश बिर्सायो र नेपालमै केही गर्न सकिन्छ भन्ने प्रमाणित ग¥यो ।

दुई रोपनी बाट सुरु गरेको तरकारी खेती ३० रोपनीमा फैलिएको छ । त्यसमा आलु,काउली,बन्दा र अन्य तरकारी खेती गरिरहेका उनले अझै जग्गा भाडामा लिएर तरकारी खेती बिस्तार गर्ने योजना बनाइरहेका छन । विदेशको अपमानले स्वदेशमै फर्किएर तरकारी खेती गरेका बिसीको वार्षिक आम्दानी देखी ७ देखी १० लाख सम्म पुग्छ । गाउँका अधिकांश युवाहरू खाडी मुलुकमा रहेका बेला स्वदेशमै कृषिलाई मूल पेसा बनाएको बिसीले भने हाम्रै घरमा पैसा छ पैसा खोज्न बाहिर जानु पर्दैन ।
डुगेश्वर गाउँपालिका –६ का देवेन्द्र गोदार रोजगारीका लागी भारतको गुजरातमा बसेका उनी अहिले ब्यबसायिक तरकारी खेतीमा लागेका छन । लामो समय होटेलमा काम गरेका उनलाई स्वदेशमै आफुमात्र होइन अरूलाई पनि रोजगारी दिनु पर्छ भन्ने उद्देश्यले कृषि पेसा गरेका उनले पाँच जनालाई रोजगारी समेत दिएका छन । उनी मात्र होइन रोजगारीका लागी साउदीअरव पुग्नुभएका दुल्लु नगरपालिका –१३ का गणेश बहादुर शाही समेत स्वदेश फर्केर ब्यबसायिक बिउ उत्पादनमा लागेका छन । तरकारी बालीको बिउ उत्पादन गरी वार्षिक ७ लाख सम्म आम्दानी गर्ने गरेको बताए । उनले भने घर परिवार सँगै बसेर लाखौँ रकम कमाउन सकिने रहेछ त्यसै ऋण काढेर साउदी पुगे । माथिका केही प्रतिनिधि पात्र हुन जसले विदेश त्यागेर कृषि रोजे र गाउँका उदाहरण पनि बने । पछिल्लो समय विदेश बाट फर्केर कृषि व्यवसायमा लाग्नेको संख्या बढ्दो क्रममा रहेको छ । विदेश बाट फर्किएर कृषि व्यवसाय गरेका कृषकलाई अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध हुने भएपछि कृषि व्यवसाय प्रति युवाहरूको आकर्षण बढ्दो क्रममा रहेको छ । उनीहरू मात्र होइन विदेशमा लामो समय काम गरेका युवाहरू पछिल्लो समय ब्यबसायिक तरकारी खेतीमा लागेका छन् । घर परिवार सँगै बसेर राम्रो आम्दानी गर्न सकिने भएपछि युवाहरू त्यस तर्फ लागेको बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि अर्थ विज्ञ झलक भण्डारीले विदेश बाट फर्केर स्वदेशमै व्यावसायिक कृषि गरेको युवाहरुकोको प्रगति लोभलाग्दो भएको भएको बताए । उनले कृषि विकास कार्यालयले समेत विदेश बाट फर्किएका युवाहरूलाई ब्यबसायिक कृषिमा लगाई राख्न अनुदान दिएर प्रोत्साहन गरिरहेको बताए । उन भने कार्यालय बाट सञ्चालन हुने जैविक तरकारी खेती, नमुना फार्म र हाइटेक टनेल खेती लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।
सिचाई अभाव
व्यावसायिक तरकारी खेती गरिरहेको युवाहरूलाई भने सिचाई अभावले राम्रो उत्पादन गर्न नसकेको बताएका छन् । भगवतीमाई गाउँपालिका –४ का नबिन बिसीले भने पहाडमा सिचाई अभावले तरकारी खेती गर्न समस्या हुने गरेको बताए । उनले भने सिचाई अभावका कारण लगाएको तरकारी बालीमा रोग लागेका कारण राम्रो उत्पादन नहुने उनको भनाइछ । सिचाई अभावका कारण अन्य ठाउँमा ब्यबसायिक कृषि गरिरहेका युवाहरूले समेत राम्रो उत्पादन गर्न नसकिएको बताएका छन्
राजमार्गले बजारीकरणमा सजिलो
ब्यबसायिक कृषि बाट उत्पादन भएको तरकारीको बिक्री वितरणका लागी समस्या नहुने कृषकहरूले बताएका छन् । भगवतीमाका नबिन बिसीले भने हाम्रो उत्पादन सुर्खेत, नेपालगञ्ज, जाजरकोट दैलेख सदरमुकाममा सहजै पुग्ने बताए । उनले भने मध्य पहाडी राजमार्ग आफ्नै कृषि फर्म बाट जाने भएका कारण पनि उत्पादन भएको तरकारी सहजै बिक्री हुने गरेको बताए । राजमार्गका कारण तरकारी सहजै बिक्री वितरण हुने गरेको भए पनि त्यसले मूल्य नपाउने गरेको उनको भनाइछ । रुपडिया बाट आउने तरकारीका कारण हामीले उत्पादन गरेको तरकारीले मूल्य पाउँदैनौ त्यस कारण पनि सस्तोमा बेच्नुपर्ने बाध्यता छ । दुल्लु नगरपालिका –१३ का गणेश शाहीले आफूले उत्पादन गरिएको तरकारी, बिउहरू सहजै बजार सम्म लैजाने गरेको बताए । उनले भने कर्णाली राजमार्गले कालिकोट, सुर्खेत, नेपालगञ्ज,दाङ,चितवन समेत बिउ बिक्री गर्ने गरेको बताए । बिउ उत्पादन हुन बित्तिकै एग्रोभेट सञ्चालकले सिधै अडर गर्ने गरेका कारण पनि बिउ बिक्री गर्न कठिनाइ नहुने र तरकारी बिक्री गर्दा मूल्य नपाउने समस्या रहेको उनको भनाइछ । विदेश बाट फर्केर आएपछि बिउ उत्पादन संगै तरकारी उत्पादन गरेपछि भने त्यहाँका अन्य नागरिकहरूले तरकारी खेतीमा लागेका छन् । तरकारीमा कुनै रोग किरा लागेको खण्डमा समेत त्यसको सहजीकरण आफूले गर्दिने शाहीको भनाइछ ।
स्थानीय सरकारको प्राथमिकतामा पर्दैन कृषि
सिहदरवारको अधिकार गाउँ गाउँमा पुगेको भनिए पनि कृषिका क्षेत्रमा स्थानीय सरकारले कुनै कामहरू गर्न नसकेको कृषि खेती गरिरहेको युवाहरूले बताएका छन् । गाउँपालिका तथा नगरपालिकाले कृषिका क्षेत्रमा कम बजेट विनियोजन गर्ने,आफन्तहरूलाई वितरण गर्ने समस्याका कारण कृषिमा लागेका युवाहरूलाई समेत निरुत्साहित बनाउने गरेको बताएका छन् । डुगेश्वर गाउँपालिका –२ का सुनिल बिसीले व्यावसायिक कृषि गर्ने युवाहरूका लागी स्थानीय सरकारले अनुदान,सिचाई कुलो, प्लास्टिक टनेल, प्राविधिक खटाएर सहयोग गर्नुपर्ने बताए ।