Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णाली चिनाउन कनेक्टिङ कर्णाली अभियान

सुर्खेत  :   शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न काठमाडौँमा कनेक्टिङ कर्णाली अभियानको फोटो प्रदर्शन गरिएको छ । मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल,दैलेखी सेवा समाजको प्रवद्र्धनमा तस्वीर(भिडियो प्रदर्शन गरिएको हो ।

शनिवार कर्णालीका शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’को राउटे युवा नवीन शाहीले उद्घाटन गरेका थिए । ।
कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरुलाई समेट्ने उद्देश्यसहित कार्यक्रम पनि सार्वजनिक गरेको छ । अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुआत गरिएको छ । तीन दिनसम्म चलेको प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू प्रदर्शन गरिएको थियो ।

कनेक्टिङ कर्णाली अभियानमार्फत कर्णालीको १० वटै जिल्लाहरुलाई उजागर गर्ने कामको थालनी दैलेखबाट सुरु गरको मनघरी फाउण्डेशनका अध्यक्ष एवम् कनेक्टिङ कर्णालीका परिकल्पनानकार भरतबन्धु थापाले बताए । उनका अनुसार प्रत्येक महिना पहिलो शनिबारदेखि कर्णालीका दशै जिल्ला समेटिनेछ । प्रदर्शनीमा राखिएका अधिकांश तस्वीर आयोजक र विशाल सुनारले कैद गरेका तस्बिर रहेका छन् । पाँच वटै छोटा भिडियोहरू विशाल सुनारले तयार गरेका थिए ।