Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मेलमिलाप सम्बन्धी दुई दिने तालीम सुरु


दैलेख  :  जिल्लाको नारायण नगरपालिकाले नगरपालिकामा रहेको मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी दुई दिन तालीम दिन लागेको छ । न्यायिक समितिको प्रभावकारिता र मेलमिलापकर्ताहरुको भूमिका विषयमा तालिम केन्द्रित रहेको नारायण नगरपालिकाले जानकारी दिएको छ ।

तालिममा मेलमिलाप सम्वन्धी कानून र मेलमिलाप प्रक्रिया विषयमा अधिवक्ता दिपेन्द्र थापा र प्रहरी तथा न्यायिक समितिको समन्वय सहकार्य विषयमा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज सुनिल दाहालले सहजीरण गरेका थिए ।

नारायण नगरपालिकामा सूचीकृत २८ जना मेलमिलापकर्ता र न्यायिक समितिका तीन जना सदस्यहरुको सहभागिता रहेको तालिमलाई जिल्ला न्यायाधीश बलराम लम्सालले देवानी मुद्दामा मेलमिलाप सम्वन्धी अदालती अभ्यास विषयमा सहजीकरण गरे पश्चात समापन हुने जनाइएको छ ।