Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

रक्तदान सम्बन्धि सचेतना कार्यक्रम

दैलेख  :   विश्व रक्तदाता दिवसको अवसरमा दैलेखमा सचेतना कार्यक्रम गरिएको छ । दैलेख जेसिज स्वयमसेवी रक्तदाता समाज दैलेख, कर्णाली युथ, ब्लड फर नेपाल लगायतका नागरिक समाज संस्थाहरुको आयोजनामा सचेतना कार्यक्रम भएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेख र दैलेख टेक्निकल स्कूलको सहकार्यमा दैलेख सदरमुकाममा रक्त समूह परीक्षण तथा रक्तदान कार्यक्रम समेत गरिएको थियो

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा धर्मराज रेग्मी, स्वयमसेवी रक्तदाता समाज दैलेखका अध्यक्ष पत्रकार अमर सुनार लगायतले विश्व रक्तदाता दिवस र रक्तदानको महत्व विषयमा प्रकाश पारेका थिए ।