Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी


सुर्खेत  :   कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका विष्णु विक र नेकपा एकिकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् ।

 

कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिने गरी भागबण्डा भएको थियो । जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मतभार प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरी पराजित भइन ।

 

यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरी पराजित भए ।
अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त पराजित भए ।