Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

रामीडाँडा केन्द्रविन्दु भएर पुन ५.८ म्याग्‍निच्युडको भूकम्प


सुर्खेत  :   जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ ।
भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।