Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दो


कमल शर्मा
दैलेख  :   दैलेख जिल्ला भगवतीमाई गाउँपालिका –२ की २२ वर्षिया सुनमाया विक गोठाला गएको बेला मेलको रुखमा झुन्डिएर आत्महत्या गरिन । श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया रहेको बेला आत्महत्या गरेपछि प्रहरीले श्रीमानलाई नेपाल बेलाएर अनुसन्धान ग¥यो । अनुसन्धानमा आत्महत्या दुरुत्साहन सम्बन्धी प्रमाण नपुगे छि श्रीमान् छुटे । असार पहिलो साता दैलेखको आठबिस नगरपालिका –४ चाक्सीका ७३ वर्षीय प्रसादे कार्कीले आफ्नै पक्कीको घरको पिल्लरमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाएर आत्महत्या गरे । असार दोस्रो साता दुल्लु नगरपालिका –५ रिजुपोखरा की १३ वर्षीय उमा विकले आफ्नै घरको माथिल्लो तलाको कोठामा सलको पासो लगाएर आत्महत्या गरिन ।
माथिका केही उदाहरण मात्र हुन कर्णालीमा वर्षेनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न कारणले आत्महत्या रोज्नेहरुको संख्या बढ्दै गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९÷०८० मा कर्णालीका १० जिल्लामा दुई सय ७३ जनाले आत्महत्या गरेको छन ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले कर्णालीमा आत्महत्या गर्नेहरूको संख्या बर्सेनि बढ्दो क्रममा रहेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली दश जिल्ला मध्ये सबै भन्दा सुर्खेत जिल्लामा १०९ जनाले आत्महत्या गरेका छन । दोस्रोमा सल्यान ४५ जना, तेस्रोमा दैलेख ४४ जना,रुकुम पश्चिमा २८ जना,जाजरकोट १९ जना कालिकोट १२ जना,जुम्ला र मुगुमा ६÷६ जना हुम्लामा चार जना गरी दुई सय ७३ जनाले आत्महत्या गरेका छन । दुई सय ७३ जना आत्महत्या गर्ने मध्ये दुई सय ३९ जना झुन्डिएर आत्महत्या गरेका छन भने ३९ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन । डोल्पा जिल्लामा भने यो आर्थिक वर्षमा एक जनाले पनि आत्महत्या नगरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जनाकारी अनुसार दैलेख जिल्लामा १३ वर्षको अवधिमा पाँच सय १७ जनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चार सय ३३ जनाले झुन्डिएर,६६ जनाले विष सेवन गरेर,३ जनाले आगो लगाएर,७ जनाले हाम फालेर,हात हतियार तथा औजार बाट ८ जनाले आत्महत्या गरेका छन ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले कर्णालीमा प्रदेशमा शिक्षा स्वास्थ्यको अभाव,आर्थिक समस्या,बेरोजगारी र प्रेम सम्बन्धका कारणले आत्महत्या गर्नेको सङ्ख्यामा बढी आएको बताए । उनले मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न नसकेको खण्डमा यसले विकराल रूप लिन सक्ने बताए । आत्महत्या अनुबाँसिक,मनोवैज्ञानिक, सामाजिक,पारिवारिक वातावरण तथा अन्य जोखिमका कारण र ९० प्रतिशत मानसिक समस्याका कारण हुने अध्ययनले समेत देखाएको छ ।