Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुर्खेतमा फैलँदै डेंगी संक्रमण, एघार जनामा पुष्टि

सुर्खेत  :   दुई साता यता सुर्खेतमा डेंगीको संक्रमण बढ्दै गएको छ । जिल्लामा हालसम्म ११ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगरमा डेंगी संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा संक्रमण अझै बढ्ने देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतमा विशेषगरी शहरीकरण भएका बस्ती तथा वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंगीको उच्च जोखिम रहेको छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं १३, १४, १५ र १६ मा हाल डेंगीका बिरामी देखिएका छैनन् । संक्रमित बिरामीको संख्या हेर्दा नगरपालिकाको वडा नं। १ देखि १२ मा धेरै देखिएको कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताए ।