Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

जेष्ठनागरिकले पाए वडामै सामाजिक सुरक्षाभत्ता


दैलेख :  जिल्लाको भगवतीमाई गाउँपालिकाले वडामै पुगेर असक्त, अपाङग र जेष्ठसामाजिक सुरक्षाभत्ता प्रदान गरेको छ । गाउँपालिका र प्रभु बैक भगवतीमाई शाखाको समन्वयमा वडामै पुगेर सामाजिक सुरक्षा प्रदान गरिएको हो । भगवतीमाई गाउँपालिकाका सुचना अधिकारी प्रेम बहादुर खड्काले भगवतीमाई गाउँपालिका (१–७) सम्मका अशक्त,अपाङग र जेष्ठनागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न मंगलवार बाट सुरु गरिएको जानकारी दिए । उनले पहिलो चरण बैशाख २७ गते सम्म संञ्चालन गर्ने र छुटेकाहरुका लागी पुन २८ गते देखी जेठ ४ गते सम्म वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने जानकारी दिए ।
प्रभु बैक शाखा भगवतीमाईका शाखा प्रमुख दुर्गा रेग्मीले गाउँपालिका र प्रहरी चौकी बेस्तडाको समन्वयमा वडामै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको बताए ।उनले भने गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने योजना बनाए पछि अन्य ब्यबस्थापनको काम पालीकाले गर्ने र बैकले त्यसको सहजीकरण गर्ने काम गरेको बताए ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश थापाले आव ०७९/८०को दोस्रो चौमासिकमा गरिएको सार्वजनिक सूनूवाई कार्यक्रममा वडामै सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने प्रतिबद्धता अनुसार सामाजिक सुरक्षाभत्ता वडामै पुगेर वितरण गरेको जानकारी दिए । उनले भने हामीले सक्ने प्रतिबद्धता गर्छाै,जनता बाट आएका सुझावलाई मनन गर्छौ र त्यसलाई कार्यान्वयन गर्छौ ।

वडामै सामाजिक सुरक्षाभत्ता बुझन् पाएपछि अशक्त,अपाङग र जेष्ठनागरिक समेत खुसी भएका छन । भगवतीमाई गाउँपालिका –७ का राम बहादुर बुढाले सामाजिक सुरक्षाभत्ता लिन जेष्ठनागकिलाई सास्ती भएको बताउँदै गाउँपालिकाले गरेको काम उत्कृष्ट रहेको बताए । उनले भने हामीलाई गाउँपालिका पुगेर भत्ता निकालेर घर फर्कन समस्या हुने गरेको थियो अव वडामै पाउने भएछौ हामी खुसी छौँ ।