सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सभापती लामिछानेले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए। केही दिनअघि भएको भेटमा लामिछानेले साविककै मन्त्रालय दिएमात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए।