Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

एनपी साउद परराष्ट्रमन्त्री बन्दै

काठमाडौँ  :  आइतवार कांग्रेसबाट नारायणप्रसाद (एनपी) साउद सरकारमा सहभागी हुँदै छन्। भोलि उनले परराष्ट्रमन्त्रीको शपथ लिँदै छन्। भोलि दिउँसो ३ बजे परराष्ट्रमन्त्रीका रूपमा एनपी साउदले शपथ लिने तयारी भइरहेको छ।

सत्ता गठबन्धनमा ८ मन्त्री भाग पाएको कांग्रेसबाट साउद मन्त्री बन्दा पाँच मात्र हुनेछन्। अझै तीन मन्त्री पठाउन बाँकी हुनेछ। बाँकी तीन मन्त्रीमा शेखर कोइराला समूहले दाबी गर्दै आएको छ। कांग्रेसले मन्त्रीको नाम नपठाउँदा सरकार विस्तार गर्न नसिकएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका छन्।

८ मन्त्री पाएको कांग्रेसले १७ चैतमा मन्त्रिपरिषद् विस्तार हुँदा ४ मन्त्री पठाएको थियो। गत चैत १७ मा प्रधानमन्त्री प्रचण्डले सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद् पूरा हुन सकेको छैन। नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली नदिन नसक्दा सरकार विस्तारमा अलमल भएको हो।