Loading... आजः सोमवार, माघ २८, २०८१
Trending

ओमानविरूद्ध नेपाल ५ विकेटले विजयी


काठमाडौं  :  एसीसी मेन्स प्रिमियर कपको तयारी स्वरुप शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई पाँच विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको ओमानले ९ विकेट गुमाएर दुई सय ४६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने एसीसी मेन्स प्रिमियर कपमा १० टिमको सहभागिता रहने छ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन पद्धतिबाट सेमिफाइन लिस्टको टुङ्गो लगाइनेछ। समूह एमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब परेका छन्। यस्तै, समूह बीमा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा रहेर खेल्न पाउने छ। यही प्रतियोगिताका शीर्ष तीन टिमले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ। यस्तै, दोस्रो ८ गते ओमान, तेस्रो ११ साउदी अरबसँग र १४ गते कतारसँग खेल्ने छ। साउदी अरब र नेपालबीचको खेल मुलपानी मैदानमा हुनेछ। नेपालको प्रारम्भिक टिम कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल ९मौसम०, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो, देव खनाल रहेका छन ।