Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

द्रोणाचल बहुमुखी क्याम्पसमा विद्युत् लाइन काटियो

दैलेख  :  नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखले द्रोणाचल बहुमुखी क्याम्पसको विद्युत् लाइन काटेको छ । क्याम्पसको भवन निर्माण गर्दा पोल नजिकै बाट खनेका कारण विद्युत् पोल ढलेको भन्दै क्याम्पसमा जडान गरिएको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले विद्युत् पोल नजिकै ठेकेदारले खनेका कारण विद्युत् पोल ढलेका कारण त्यसको मर्मत सम्भारका लागी पत्राचार गर्दा समेत कुनै वास्ता नगरेपछि विद्युत् लाइन काटिएको जानकारी दिए । उनले विद्युत् वितरण बिनियमावली अनुसार मर्मत सम्भारका लागी भनेर ६३ हजार २२४ रुपियाँको बिल काटेर पठाएको बताए । उनले बिल काटेर पठाएको भए पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेपछि क्याम्पसमा जोडिएको लाइन काटिएको जानकारी दिए। उनले भने रकम जम्मा भएपछि लागेको लागत कटाएर अन्य रकम फिर्ता गर्छौ यदि बढी रकम खर्च आएमा थप रकमका लागी क्याम्पसलाई पत्राचार गर्छौ । भदौ पाँच गते पोल ढलेपछि विद्युत् वितरण केन्द्र दुल्लु शाखाले लाइन काटेको भए पनि पछि प्रतिनिधि सभाको निर्वाचनको बेला क्याम्पसमा लाइन जोड प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले आग्रह गरेपछि जोडिए पनि पोल मर्मत तथा सम्भार खर्च जम्मा गर्न आनाकानी गरेपछि पुन विद्युत् लाइन काटिएको वितरण केन्द्र प्रमुख पाण्डेले जानकारी दिए ।

द्रोणाचल बहुमुखी क्याम्पसका प्रशासक सहायक कृष्ण आर्चायले आफ्नो गल्ती बिनै विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रले आफूहरूलाई रकम तिर्न लगाएको आरोप लगाए । उनले क्याम्पसले विद्युत् महसुल नियमित तिरेको भए पनि पोल ढलेको रकम क्याम्पसले नर्तिने बताए । उनले भने क्याम्पसको भवन निर्माणका विद्युत् वितरण केन्द्र शाखा कार्यालयलाई पोल सार्न निवेदन दिएको भए पनि कुनै वास्ता नभएपछि पोल नजिकै बाट खनेर हामीले भवन निर्माणका लागी तयारी गरेका थियौँ पोल ढल्यो तर अहिले हामीलाई त्यसको मर्मत र सम्भारका लागी लाग्ने रकम हामीलाई तिराउने प्रत्ययन भएको छ हामी तिर्दैनौँ ।

दुल्लु नगरपालिका –७ का वडाध्यक्ष कविराज रावतले आफ्नै वडामा रहेको पब्लिक क्याम्पसमा विद्युत् लाइन काटिएपछि अर्को आर्थिक वर्षमा वडाले बेहोर्ने गरी विद्युत् वितरण केन्द्र दैलेखलाई पत्राचार गरेको भए पनि विद्युत् वितरण केन्द्रले नमानेको बताए । उनले भने हामी सँग बजेट भएको भए हामी तिर्ने थियौँ बजेट छैन अर्को वर्ष तिर्छौ भन्दा नमानेपछि विद्युत् लाइन जडान गर्न नसकिएको जानकारी दिए ।