Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेखमा दुर्लभ रेडपाण्डा फेला


दैलेख  :  दैलेखको नौमुले गाउँपालिका –४ कालिकामा दुर्लभ रेडपाण्डा फेला परेको छ । नौमुले गाउँपालिका ४काली खोलामा फेला परेको रेडपाण्डाको उद्धार गरी डिभिजन बन कार्यालय दैलेखलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले रेडपाण्डा फेला परेको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय नौमुले बाट खटिएको प्रहरीले रेडपाण्डाको उद्धार गरी डिभिजन बनलाई बुझाइएको बताए ।
डिभिजन बन कार्यालय दैलेखका सहायक बन अधिकृत सूचना अधिकारी वेद प्रकाश ढकालले उद्धार गरी डिभिजन बन कार्यालयमा पठाइएको रेडपाण्डालाई पुन लेकाली जङ्गलमा छोड्न प्रहरी र बनको टोली गएको बताए । उनले भने हिजो पानीमा परेर कमजोरी देखिएको थियो बनमा ल्याएर राख्दा तन्दुरुस्त भएपछि नेपाल प्रहरी र डिभिजन बन कार्यालयको टोलीले महावुको लेकमा छाड्न गएको छ । अघिल्लो वर्ष नौमुले गाउँपालिका बाट दैलेख सदरमुकाम तर्फ आउँदै गरेको जिपमा दुई वटा रेडपाण्डा मारेर बिक्री गर्न लैजाने क्रममा नारायण नगरपालिका –३ खुर्सानीवारीमा पक्राउ परेका थिए ।