Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि

 

काठमाडौं  :  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन हुने वार्षिक परीक्षाको तालिका आइतबार प्रकाशन गरेको हो।

जसअनुसार कक्षा १२ को पहिलो परीक्षा आउँदो वैशाख २६ गते मंगलबारदेखि सुरु हुनेछ भने सो परीक्षा जेठ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्वि एवम् आंशिक परीक्षार्थीका लागि वार्षिक परीक्षा सार्वजनिक गरेको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।