Loading... आजः आइतवार, भदौ २१, २०८३
Trending

८० लाख लगानीमा खरिगैरामा खुल्यो साबुन उद्योग


दैलेख  :  दैलेखको महावु गाउँपालिका –१ खरिगैरामा राजन साबुन उद्योग स्थापना भएको छ । स्थापना भएको उद्योग बाट शुक्रवारदेखि आफ्नो उत्पादनलाई बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागी भारतको अहमताबाज बसेर स्वदेश फर्केका राजेन्द्र बहादुर खत्रीले ८० लाख लगानी गरी गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन । उनले कपडा धुनका लागी आवश्यक पर्ने साबुन जिल्ला बाटै उत्पादन गर्ने उद्देश्यले एकल लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएको बताए । भारतमा रहेका साबुन उद्योगहरूको अध्ययन गरे पश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अन्यलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उनको भनाइ छ ।

दैलेखको बजार क्षेत्र सहित कर्णाली प्रदेशका विभिन्न जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको उद्योगले दैनिक पाँच सय साबुन उत्पादन हुने सञ्चालक खत्रीको भनाइछ ।े बाहिर बाट ल्याउने साबुन भन्दा गुणस्तरीयका साथै सस्तो मूल्यमा उपलब्ध गराइने खत्रीले बताए । उद्योग स्थापना गर्न थालेपछि महावु गाउँपालिकाले दुई लाख रकम अनुदान पाएको सञ्चालक खत्रीले जानकारी दिए । उनले भने उद्योग स्थापना भए सँगै घरकै पाँच जनाले रोजगार पाएका छन् र बजारीकरणका अवस्था हेरी उद्योगलाई अझै विस्तार गर्ने सोचमा छु ।

 

साबुन निर्माणका लागी आवश्यक पर्ने कच्चा पदार्थ भारतको कानपुर बाट ल्याउने र बजार विस्तार भएको खण्डमा बढी उत्पादनका लागी अन्य मुलुक बाट समेत निर्यात गर्ने तयारी गरेको संञ्चालक खत्रीले जानकारी दिए । उनले पहिलो चरण कपडा धुने साबुन उत्पादन गरेको र छिटै कपडा धुने पाउडर,भाडा धुने साबुन लगायतका साबुन उत्पादन गर्ने सोचमा रहेको बताए ।

महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले उद्योग स्थापना देखी नै पालिकाले सहयोग गर्दै आएको बताए । उनले भने पहिलो वर्ष दुई लाख दिएका थियौ यो आर्थिक वर्षमा एक लाख रकम बिनियोजन गरेका छौ उहाँले पाउँनुहुन्छ ।