Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

राम्रो काम गर्दा एमाले माथी प्रहार भयो : अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकिर गरे । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद् केन्द्रीय समिति बैठकमा उनले त्यस्तो बताएका हुन ।

जनतालाई भ्रममा पार्न सफल शक्तिले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीवीलाई आग्रह गरे । अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्त्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरूले बिगुल फुक्नुपर्ने बताए लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीवीले जनतालाई भ्रममुक्त बनाउनु पर्ने उनको भनाइ छ ।

दुर्भाग्यको कुरा देशका लागि के हो भने एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ । यथार्थता त यही हो नि ।’ सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना स्वार्थमा अल्झिएको अध्यक्ष ओलीले बताए । उनले बौद्धिक जगतको काम के हो भन्दा यो जनतालाई सचेत हुन नदिने जुन प्रयास छ । जनतालाई भ्रममा पार्ने, अलमल्याउने, दिग्भ्रमित गर्ने काम कसैले गर्न नहुने उनको भनाइ छ ।