प्रभावकारी बन्दै श्रमरोजगार बैक,रोकियो कालापहाड जान


दैलेख : भगवतीमाई गाउँपालिका–२ रुमका राम बहादुर रावत बर्षमा दुई पटक कालापहाड जाने गर्थे । बर्षे बाली लगाएर हिउँदे बाली लगाउन आउँने र हिउँदे बाली लगाएर बर्षे बाली लगाउन आउने । गाउँपालिकाले संञ्चालन गरेको श्रमरोजगार बैकमा जोडिए पछि उनी बिगत तीन वर्ष देखी उहाँलाई कालापहाड जानु परेको छैन । घरमा साझ बिहना काम गर्न र दिउसो रोजगारको कामका जाने गरेपछि उनको कालापहाड जान छुटेको छ ।
उनी जस्तै भगवतीमाई –७ का कृष्ण थापा पनि रोजगारीका लागी कालापहाड जाने गर्थे कालापहाड गएर कमाएर ल्याउने र छोरा छोरीलाई पढाई खर्च जोहो गर्ने गर्ने कालापहाड नगई नुह समस्या थियो । गाउँघरमा अहिलेको जस्तो रोजगारी थिएन कालापहाड नजाने हो भने छोरा छोरीको पढाई खर्च संगै लत्ताकपडा किन्न पनि मुस्कील हुन्थ्यो तर अहिले गाउँमै रोजगारी पाएपछि दुई वर्ष देखी कालापहाड गएको छैन ।
उनी जस्तै भगवतीमाई गाउँपालिकाका अधिकाँस नागरिक रोजगारीका लागी कालापहाड जाने गर्दथे । गाउँपालिकाले आर्थिक बर्ष ०७६/०७७ सुरु हुने श्रमरोजगार बैक मार्फत प्रत्येक वर्ष दुई सय ५० जना भन्दा बढिलाई श्रमरोजगार बैक मार्फत गाउँमै रोजगार दिएपछि भने कालापहाड जाने नागरिकको संख्या घटेको हो ।
भगवतीमाई गाउँपालिकाका सुचना अधिकारी प्रेम बहादुर खड्काले गाउँपालिकाले तीन वर्ष सुरु गरेको श्रमरोजगार बैक मार्फत करिव एक हजार जना भन्दा बढीलाई रोजगारी दिएको बताए । उनले गाउँपालिकाले युवालाई बिकासमा स्थापीत गराएर डोजर बिस्थापीत निति अनुरुप रोजगारी सिर्जना गरी रोजगार दिएको बताए ।
उनले भने श्रमरोजगार बैक , मुख्यमन्त्री रोजगार, प्रधामन्त्री रोजगार कार्यक्रम लगायत विभिन्न कार्यक्रम संचालन गरी रोजगार दिइरहेको बताए ।गाउँपालिकाले युवाहरुलाई रोजगारीमा जोड्ने उद्देश्य अनुरुप आर्थिक वर्ष २०७९÷०८० मा १६ वटा योजनाहरु संचालन गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ । सडक, विद्यालय घेरवार,सिचाई लगायतका १६ वटा योजना निर्माणका लागी एक करोड ७५ लाख रुपिँया बिनियोजन गरी कामहरु ध्माधम सुरु भइरहेको सुचना अधिकारी खड्काले बताए ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले नेपालको संबिधानको मर्म र धारा ३३ ले सुनिश्चित गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न श्रमरोजगार बैक स्थापना गरी रोजगार दिइरहेको बताए । उनले रोजगारीकै कारण युवाहरु कालापहाड मात्र होइन खाडी मुलुक जानु पर्ने बाध्यताको अन्त्य गर्नका लागि श्रमरोजगार बैक मार्फत रोजगारी दिन थालेको बताए ।
उनका अनुसार रोजगार बैकमा आवद्ध भएर विभिन्न तालीम प्राप्त गरेका युवाहरुले योजनाको कामहरु गरिरहेका छन । श्रमरोजगार बैक स्थापना पश्चात गाउँपालिकामा रहेका बेरोजगार युवाहरुको पहिचान र सुचिकरण गर्ने रोजगार केन्द्रमा सुचिकृत भएका बेरोगार ब्यक्तिहरुलाई न्युनत्तम एक आर्थिक बर्षमा १ सय दिनको रोजगारी दिने ब्यबस्था गाउँपालिकाले गरेको छ । बैदेशीक रोजगारीमा १० बर्ष काम गरेका युवाहरुसमेत रोजगार बैकमा आबद्ध भएर गाउँमा काम पाएपछि खुसी समेत भएका छन ।

