Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

घाइते राउटे युवाको मृत्यु


दैलेख : पुस १९ गते रातीआगो लागेर घाइते भएका राउटे युवा नारायण शाहीको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमाउपचार गराईरहेको भएपनिचिकित्सकले नै उपचार सम्भव नभएको बताएपछि दैलेख लिएर फर्कने क्रममा नागढुगा नपुग्दै उनको मृत्यु भएको हो । मृतक नारायण्का बुवा मैन बहादुर शाहीले डाक्टरले उपचार सम्भव छैन भनेपछि आमाले छोरोको मुख हेर्ली भनेर दैलेख ल्याउने क्रममा छोराले बाटैमा मृत्युवरण गरेको बताए ।

१९ गते रातीआगोमा परेर घाइते भएकाउहाँलाई उपचारका लागी स्वास्थ्य सेवाकार्यालय दैलेखमाभर्ना गरिएको थियो । आगोमा परेर घाइते भएकायुवा ३० प्रतिशतभन्दा बढि शरिरको भागजलेको र आइसियुमा राखेर उपचार गर्नु पर्ने भन्दै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको थियो । कर्णालीप्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि २१ गते राष्ट्रिय ट्रमा सेन्टरमाउपचारका लागी रिफर गरेको थियो । राष्ट्रिय ट्रमा सेन्टरको आसियुमा राखेर उपचार गराइरहेको भएपनिकुनै पनि सुधार नभए पछि बुधवार मृतकयुवाकाबुवा मैन बहादुर शाहीले डिस्चार्ज गरिदिनु भनेपछि राष्ट्रिय ट्रमा सेन्टर डिस्चार्ज गरी दैलेख पठाएको थियो ।
कर्णालीक ाविभिन्न जिल्लामा फिरन्ते जीविन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्कमाबसोबास गरिरहेका छन् । हाल उनिहरुको जनसंख्या एक सय ४३ जना छ ।उनको मृत्यु संगै राउटेको जनसंख्या एक् सय ४२ रहने भएको छ ।