नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१४३.९३ विन्दुमा पुगेर बन्द भएको छ। नयाँ सरकार गठन भएदेखि सेयर बजारले उचाइ लिन थालेको हो। आज नेप्से १८.८ अंकले बढेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुनेतृत्वको सरकारले पुँजी बजारलाई प्राथमिकता राखेर अर्थतन्त्रलाई गतिशील बनाउने बताएसँगै सेयर बजार लयमा फर्किन थालेको हो।
बुधबार प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ। पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार उदार देखिएपछि यसको प्रभाव सेयर बजारमा देखिन थालेको हो। परिसूचक अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम अंकले बढे पनि कारोबार रकमा भने उच्च वृद्धि भएको छ। यस ५ अर्ब माथिको सेयर कारोबार भएको छ। बुधबार ३ अर्ब ५० करोड मूल्यको सेयर कारोबार भएको थियो।
आज २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ५ अर्ब ४ करोड ७४ लाख ९३७ रुपैयाँमाखरिदबिक्री भयो। ७ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड बढिको सेयर कारोबार भयो। २१ करोड बढी मूल्यको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो भने ११ करोड मूल्यको कारोबार गरी हिमाल दोलखा हाइड्रोपावर तेस्रो स्थानमा रह्यो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को सूचक बढ्यो भने २ को घट्यो। होटल एन्ड टुरिजमको सूचक सर्वाधिक ५.७५प्रतिशतले बढ्यो। बैंकिङ उपसमूहको ०।३४ प्रतिशत र अदर्श समूहको०।८७ प्रतिशतले सूचक घट्यो।