राष्ट्रियसभाको रिक्त एक सीटका लागि माघ २५ मा निर्वाचन
काठमाडौं : सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य सीटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको मन्त्री दामोदर भण्डारीले जानकारी दिए ।
लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सीट रिक्त छ । मन्त्रिपरिषद्को निर्णयको औपचारिक निर्णय भने शुक्रबार सरकारका प्रवक्ता विष्णु पौडेलले सार्वजनिक गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले सरकारको न्युनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रूप दिने बताए ।