Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

मुख्यमन्त्रीको माग गर्दै एमाले कर्णालीका नेता बालकोटमा

सुर्खेत  :  कर्णालीमा मुख्यमन्त्री पाउनु पर्ने माग गर्दै कर्णालीका नेता बालकोटमा पुगेका छन् । बिहिवार नेकपा एमालेका नेताहरु मुख्यमन्त्रीको माग गर्दै बालकोटमा पुगेका हुन् । प्रदेशको मुख्यमन्त्री यमलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । कर्णालीका नेताले सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालले पाउँनु पर्ने माग गरेका छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुर्खेत सहइन्चार्ज मोहनमाया ढकालले कर्णालीका नेताहरु बालकोट पुगेको बताईन् । उनले भनिन् कर्णालीका नेताहरु काठमाडौ आएको बेला पाटि अध्यक्ष ज्यू सँग आफ्नो माग राखेका छौ । एमालेका सिनियर नेतामध्ये प्रदेशमा चुनाव लड्नेमा यामलाल कँडेल भएकाले गठबन्धनमा कर्णाली एमालेले लिने लगभग निश्चित छ । तर पनि प्रदेशका नेताहरु पार्टी अध्यक्षलाई भेटेर आश्वस्त हुन खोजेका हुन ।