दैलेखका नौ पालिका पाए दश सासद
दैलेख : दैलेख जिल्लाका दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दश जना सांसद बन्नुभएको छ । प्रतिनिधि सभा तर्फ चार जना र प्रदेश सभा समानुपातिक छ जना गरी जिल्लाका ११ पालिका मध्ये नौ पालिकाका दश जना सांसद बन्ने निश्चित भएको हो । दैलेख निर्वाचन क्षेत्र नः १मा नारायण नगरपालिका नगरपालिका ,गुराँस ,महावु,नौमुले,भगवतीमाई,डुगेश्वर गाउँपालिका पर्छन् ।
छ पालिका मध्ये नारायण नगरपालिका,,गुराँस,डुगेश्वर र भगवतीमाई गाउँपालिका बाट एक÷एक जना सांसद बनेका छन् ।
दैलेख निर्वाचन क्षेत्र नः १ बाट प्रतिनिधि सभा सदस्यमामा निर्वाचित भएका अम्मर बहादुर थापा भगवतीमाई गाउँपालिका–१ निवासी हुनु । प्रदेश सभा सदस्यमा निर्वाचित कृष्ण कुमार बिसी गुराँस गाउँपालिका –६ निवासी हुन भने पूर्ण बहादुर खत्री डुगेश्वर गाउँपालिका –१ निवासी हुन । त्यस्तै प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले बाट समानुपातिक सांसद बन्नुभएकी सूर्य कुमारी श्रेष्ठ नारायण नगरपालिका–१ निवासी हुन ।
दैलेख निर्वाचन क्षेत्र नः २ मा दुल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, आठबीस नगरपालिका, भैरवी र ठाटीकाँध गाउँपालिका गरी पाँच वटा पालिका पर्दछन् । पाँच पालिकाबाट एक÷एक वटा सांसद बनेका छन् भने चामुण्डाबिन्द्रासैनी नगरपालिकाबाट एउटा प्रत्यक्ष र एउटा समानुपातिक गरी दुई जना सांसद बनेका छन् । प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन जित्नुभएका दिक्पाल कुमार शाही र प्रदेशसभातर्फ समानुपातिक सांसद इन्द्राकुमारी शाही चामुण्डाबिन्द्रासैनी नगरपालिकाका हुन । प्रतिनिधिसभा सदस्य शाहीको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ६ हो भने समानुपातिकबाट प्रदेश सांसद बनेकी शाही नगरपालिका– ७ निवासी हुन ।
आठबिस नगरपालिका –१ सात्तलाकी गमता बिक एमाले बाट प्रदेश सभा तर्फ समानुपातिक सांसद बनेकी छिन । ठाटिकाँध गाउँपालिका –२ बाट नेकपा एमालेका विनोद कुमार शाह प्रदेश सभा सदस्यमा प्रत्यक्ष जितेका हुन । त्यस्तै दुल्लु नगरपालिका –८ बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा भैरवी गाउँपालिका–१ की सिता राना काँग्रेस बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक सांसद बनेकी छिन । एघार पालिका मध्ये नौ पालिकाका दश सांसद मध्ये पाँच सांसद नेपाली काँग्रेस तीन सांसद नेकपा एमाले र एक सांसद एकीकृत समाजवादी पार्टीका हुन । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा दैलेख जिल्ला नौ सांसद बनेका थिए । दुई प्रतिनिधि सभा,चार प्रदेश सभा प्रत्यक्ष र एक प्रतिनिधि सभा समानुपातिक र दुई प्रदेश सभा समानुपातिक सांसद बनेका थिए ।