पाँच पदमा गठबन्धन,एकमा एमाले विजयी
दैलेख : दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको दैलेखको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार दुई प्रतिनिधि सभा र तीन प्रदेश सभा सदस्य गरी पाँच पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एक पदमा नेकपा एमालेले विजयी भएको छ ।
दैलेख निर्वाचन क्षेत्र नः १को प्रतिनिधि सभामा सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष अम्मर बहादुर थापा निर्वाचन क्षेत्र नः २ मा सत्तागठबन्ध दल नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाही विजयी भएका छन । चार प्रदेश सभा सदस्य मध्ये दैलेख निर्वाचन क्षेत्र नः १ को (क)मा नेपाली काँग्रेसका पूर्ण बहादुर खत्री,(ख) प्रदेशमा नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्ण बहादुर बिसी विजयी भएका छन । त्यस्तै निर्वाचन क्षेत्र नः २ को प्रदेश सभा(क)मा सत्ता गठबन्धन दल नेपाली काँग्रेसका घनश्याम भण्डारी विजयी भएका छन । प्रदेश सभा (ख)मा एमालेका कर्णाली प्रदेश अध्यक्ष समेत रहनुभएका विनोद कुमार शाह विजयी भएका छन ।
दैलेख निर्वाचन क्षेत्र नः १ मा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मर बहादुर थापाले १८ हजार २५६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत प्राप्त गरी उप विजेता बनेका छन । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नः २ को प्रतिनिधि सभामा नेपाली काँग्रेसका दिक्पाल कुमार शाही २० हजार १५८ मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले २० हजार पाँच मत प्राप्त गरी उप विजेता बनेका छन । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नः १ को (क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका पूर्ण बहादुर खत्रीले नौ हजार ४६४ मत प्राप्त गरी विजयी भएका छन । नेकपा एमालेका धर्मराज रेग्मीले आड हजार ७२ मत प्राप्त गरी उप विजेता बनेका छन ।
दैलेख निर्वाचन क्षेत्र न १ को (ख) प्रदेशमा नेपाली काँग्रेसका कृष्ण कुमार बिसी विजयी भएका छन । उनले दश हजार ५४४ मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेका प्रेम बहादुर थापाले नौ हजार ४६८ मत प्राप्त गरी उप विजेता बनेका छन । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नः २ को प्रदेश सभा (क)मा नेपाली काँग्रेसका घनश्याम भण्डारी दश हजार ८०० मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेका तिलक प्रसाद रिजालले नौ हजार ४९५ मत प्राप्त गरी उप विजेता बनेका छन । निर्वाचन क्षेत्र नः २ को (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले नौ हजार ४६४ मत प्राप्त गरी विजयी भएका छन भने उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका योगेन्द्र बहादुर शाही नौ हजार ३८१ मत प्राप्त गरी उप विजेता बनेका छन ।