संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागी गठबन्धन : प्रधानमन्त्री देउवा
कमल शर्मा : नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागी गठबन्धन गर्नु परेको बताएका छन । सत्तागठबन्धन दलले दैलेख दुल्लुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले लामो संर्घष र बलिदानी पश्चात् जारी भएको संविधानको रक्षा ,सङ्घीयताको संस्थागत गर्नका लागी गठबन्धन गरेको बताए । उनले नेपाली काँग्रेस नेतृत्वमा सरकार बन्दा मुलुकको शान्ति र समृद्धिका लागि धेरै काम गरेको बताए । उनले दुई तिहाई बहुमत केपी शर्मा पाउँदा समेत राम्रो काम नगरेको बताउँदै दुई पटक प्रतिनिधि सभा विघटन गरी संविधान मास्न खाजेको आरोप लगाए । उनले थपे आगामी मङ्सिर ४ पछि गठबन्धनको सरकार भन्ने र देशलाई समृद्धिको बाटोमा लैजान्छ ।
दुल्लु सिजा राज्यको हिउँदे राजधानी भएका कारण दुल्लु क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने प्रधानमन्त्री देउवाले बताए । उनले दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा गठबन्धन दलका उम्मेदवार विजयी भएको खण्डमा मन्त्री समेत बनाउने आश्वासन दिएका छन ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले अहिले निर्वाचन संविधान रक्षा गर्ने शक्ति र संविधान मिच्ने शक्ति बिचको लडाई भएको बताए । उनले मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले कर्णाली प्रदेशको विकास र समृद्धिका लागी विशेष बजेट समेत विनियोजन गर्ने बताए ।