Loading... आजः सोमवार, माघ २३, २०७९
Trending

दोहोरी दाउँमा पोखरेल, ह्याट्रिक हान्ने तयारीमा दिक्पाल


कमल शर्मा  :  सत्तागठबन्धन दलको सहयोगमा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका दिक्पाल कुमार शाही बिजयी भएर ह्याट्रिय हान्ने तयारी गरिरहदा नेकपा एमाले लक्ष्मी प्रसाद पोखरेल प्रतिनिधि सभामा दोहोरी दाउँमा छन । विस २०७४ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नः २ प्रदेश (ख)मा नेपाली काँग्रेस बाट उम्मेदवार भई एमालेका राज बहादुर शाही संग पराजीत भएका दिक्पाल कुमार शाही सत्तागठबन्धन दलको सहयोग पहिलो पटक संसदमा प्रवेश गर्ने तयारीमा हुुँदा त्यसलाई रोक्दै दोस्रो पटक ससद यात्रा गर्ने तयारीमा लक्ष्मी प्रसाद पोखरेल लागी परेका छन ।

नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काएर २३ वर्ष अघि नेपाली काँग्रेसले निर्वाचनमा विजयी प्राप्त गरेको थियो । २०५६ पछि भएका चुनावमा हार व्यहोरेको काँग्रेसले सत्ता गठबन्धनको सहयोगमा २३ वर्षपछि गुमाएको साख फर्काउने तयारीमा रहेको छ । दैलेखको क्षेत्र नम्बर २ बाट २०४८ सालमा रङ्गबहादुर शाही र २०५६ सालमा शिवराज जोशीले काँग्रेसबाट चुनाव जितेका थिए । त्यस यता भएका निर्वाचनमा काँग्रेसले जित्न सकेको छैन ।
सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका दिक्पाल शाहीले नेपाली काँग्रेस प्रत्येक निर्वाचनमा झिनो मतान्तरले पराजय भोग्दै आएको भए पनि यस पटक सत्ता गठबन्धन दलको साथमा सहजै जित हुने बताएका छन । उनले अघिल्लो निर्वाचनमा प्रदेश सभाको उम्मेदवार भएर पराजित भएको र त्यसको सहानुभती मत पाउने र गठबन्धन दलमा आबद्ध सबैले इमानदारी पूर्वक मतदान गरेमा आफ्नो विजयी शुनिश्चित हुने बताए ।

नेकपा एमाले बाट उम्मेदवार बनेका लक्ष्मीप्रसाद पोखरेल बिना विवादित नेता भएका कारण सहजै जित निकाल्ने दाउमा देखिन्छन भने काँग्रेस गठबन्धन दलको सहयोगमा निर्वाचन जित्ने कसरतमा रहेको छ । नेकपा एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेले आफू संविधान सभा सदस्य हुँदा क्षेत्र न २ मा गरेका विकास निर्माणका कामकै कारण आफू निर्वाचन जित्ने बताए । उनले २०६४ सालमा माओवादीको दबदबा भएको बेला समेत नेकपा एमालेले जितेको स्मरण गर्दै उनले यस पटक पनि नेकपा एमालेलाई जित्न कुनै समस्या नहुने बताए । उनले भने नेपाली काँग्रेसका प्रभावशाली नेताहरु एमालेका प्रवेश गरेका कारण पनि यो पटक निर्वाचन जित्नेमा कुनै समस्या हुदैन ।

निर्वाचन क्षेत्र न २ मा ८० हजार ६ सय ७५ मतदाता रहेका छन । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको १८ हजार ६ सय १२ मत रहेको छ। माओवादी केन्द्रको ५ हजार ७ सय ५५ मत र नेकपा एकीकृत समाजवादीको ८ सय ३३ मत जोडेर २५ हजार २ सय मत सत्ता गठबन्धनको हुन्छ। तर, एमालेको एक्लै २१ हजार १ सय ६१ मत छ । नेता पोखरेलले भने स्थानीय तहको निर्वाचन र यो निर्वाचन अली फरक भएका कारण पनि आफ्नो बिजयी यात्रा कसैले रोक्न नसक्ने बताए ।