Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रदेश सभा सदस्यमा नयाँ अनुहारबीच प्रतिस्पर्धा


दैलेख  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउन दश दिन बाँकी छ । ‘आम’ निर्वाचनको मिति नजिकिए सँगै राजनीतिक दलहरू अहिले मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित छन् । निर्वाचन आफ्नो पक्षमा पार्न मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका दैलेखका राजनीतिक दलहरूले यस पटक भने प्रदेश सभामा नयाँ अनुहारलाई अघि सारेका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको दैलेखमा विशेष गरी प्रदेश सभा सदस्यका लागी पहिलो पटक उम्मेदवार बन्ने धेरै नेता रहेका छन् । सत्ता गठबन्धनका नेपाली काँग्रेस नेपाल कम्युनिस्ट पार्टी(माओबादीकेन्द्र) र नेकपा एमालेले प्रदेश सभामा नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् । उम्मेदवार मत माग्न जनताको घरदैलो सँगै चुनावी सभा गर्दै हिँडेका छन् ।

दैलेखको निर्वाचन क्षेत्र न १ को प्रदेश सभामा सत्ता गठबन्धन बाट नेपाली काँग्रेसका पूर्ण बहादुर खत्री,प्रदेश सभा (ख)मा गठबन्धन दल नेपाली काँग्रेसका कृष्ण कुमार बिसी नेकपा एमालेका प्रेम बहादुर थापा, दैलेख निर्वाचन क्षेत्र न २ को (क)मा नेकपा एमालेका तिलक रिजाल,सत्तागठबन्धन दल नेपाली काँग्रेसका घनश्याम भण्डारी (ख)मा सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र)का योगेन्द्र बहादुर शाही सबै नयाँ अनुहार हुनुहुन्छ । उहाँहरू सबै पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा होमिएका छन ।

नेपाली काँग्रेसका नेता पूर्ण बहादुर खत्रीका प्रतिस्पर्धा नेकपा एमालेका धर्मराज रेग्मी छन । रेग्मी २०७४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा माओबादीकेन्द्र बाट निर्वाचित भएका थिए । बिचमा नेकपा एमाले र माओवादी केन्द्र सर्वोच्च अदालत बाट पुन ब्युँतिएपछि नेकपा एमाले रोजेका थिए । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य र कानुन विभागको उप प्रमुखको जिम्मेवारीमा रहेका उनलाई पार्टीले पुन प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ ।

यस्तै दैलेख निर्वाचन क्षेत्र न १को प्रदेश सभा (ख)मा सत्ता गठबन्धन दल नेपाली काँग्रेसका कृष्ण कुमार बिसी र नेकपा एमालेका प्रेम बहादुर थापा प्रतिस्पर्धा छन । बिसी २०७४ सालको प्रदेश सभा सदस्यमा प्रदेश सभा (क)मा पराजित भएका थिए भने प्रेम बहादुर थापा संसदीय निर्वाचनमा पहिलो पटक टिकट पाएका छन । उनी जिल्ला समन्वय समिति दैलेखको निवर्तमान जिसस प्रमुख थिए ।

दैलेख निर्वाचन क्षेत्र न २ प्रदेश सभा (क)मा सत्ता गठबन्धन दल नेपाली काँग्रेस बाट घनश्याम भण्डारी र नेकपा एमाले बाट तिलक प्रसाद रिजाल चुनावी मैदानमा उत्रिएका छन । तिलक प्रसाद रिजाल २०५४ सालमा भएको स्थानीय निर्वाचनमा दुल्लु गाविसको अध्यक्षमा विजयी भएका थिए भने २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा घनश्याम भण्डारी दुल्लु नगरपालिकाको नगर प्रमुखमा विजयी भएका थिए ।

यस्तै प्रदेश सभा(ख)मा सत्ता गठबन्धन दल नेकपा माओबादीकेन्द्र बाट योगेन्द्र बहादुर शाही पहिलो पटक संसदीय निर्वाचन लड्दै छन । नेकपा एमालेले प्रदेश सभाको उम्मेदवार नबनाएपछि प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयनको बिहान नेकपा माओवादी केन्द्रमा प्रवेश गरी उनले प्रदेश सभा सदस्यको उम्मेदवारको टिकट पाएका थिए । उनी कर्णाली प्रदेश योजना आयोगको सदस्य समेत भइकेका नेता हुन । उनी संग नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष रहेका विनोद कुमार शाह चुनावी प्रतिस्पर्धामा छन । उनी जलस्रोत सहायक मन्त्री समेत भइसेका छन । त्यस यता भएका निर्वाचनमा उम्मेदवार बन्न खोजे पनि पाटीले उनले टिकट पाएका थिएनन