जब उपाध्यक्ष डोजर लिएर बाटो सफा गर्न पुगिन …..
दैलेख : आइतबार महावु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डेलाई अविरल बर्षातका कारण वडाखोला देखी गाउँपालिकाको केन्द्र पुग्ने सडक खण्डमा गएको पहिराकोे कारण यात्रुलाई यात्रा गर्न समस्या भइरहेको स्थानीयले खबर गरे । उपाध्यक्षले भोलि सडक मर्मतका लागी आफै डोजर लिएर आउने बचन दिइन । निर्वाचनको बेला मत माग्दा मात्र जनता काम गर्छु भन्ने जनप्रतिनिधिहरू जितेपछि वास्ता नगर्ने प्रवृत्तिले स्थानीय ढुक्क भएनन् । सोमवार एका एक डोजर लिएर सडक मर्मत गर्न उपाध्यक्ष आफै पुगेपछि भने स्थानीय निकै खुसी भए ।
स्थानीय याम बहादुर शाहीले भने सडक मर्मत गर्नका लागी खबर गरेको एक दिनमै डोजर लिएर आफै आउनुहुन्छ भनेर विश्वास नलागेको बताए । उनले उहाँले जनता प्रति देखाउनुभएको चासो र चिन्ता प्रति स्थानीय निकै खुसी भएको बताए । उनले भने जनता काम गर्छु भनेर मत माग्नुभयो अहिले त्यो व्यवहार देखाउनुभयो भयो राम्रो जनप्रतिनिधि निर्वाचित गरेको अनुभूति गरेका छौ ।
महावु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डेले जनताले गरेका विश्वासलाई टुट्न नदिन आफू लागी परेको बत्ताइन । उनले जनताले विश्वास गरेर मत दिएर विजयी गराएको स्मरण गर्दै भनिन् जनताका आवश्यकता र समस्या सम्बोधन गर्न पालिका र आफ्नो तर्फ सक्दो सहयोग गर्ने बत्ताइन । उनले भनिन् गाउँपालिकाको विकास र समृद्धि र सुशासनका लागी आफू लागी परेको बताउँदै आफ्नै कार्यकालमा उत्कृष्ट पालीका बनाउने बत्ताइन ।
स्थानीय हिकमत पाण्डेले जनताका सबै आवश्यकता पुरा गर्न स्थानीय स्रोत साधनले सम्भव नभए पनि साना र मन जित्ने काम जनप्रतिनिधिले गर्नु पर्ने बताए । उनले जनता प्रति उत्तरदायी भएर काम गर्ने हरेक क्षेत्रका विकास सम्भव हुने बताए । उनले भने जनप्रतिनिधिले भनेको यस्तो हुनुपर्छ जो तत्काल केही गर्न सकोस् ।