Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

करेन्ट लागेर बालीकाको मृत्यु


दैलेख  :  दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दिपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले गुराँस गाउँपालिका–२ को गयलसेनस्थित बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेर मृत्यु भएको जानकारी दिए । उनले मृतक बालीकाको शव पोष्टम्यार्टमका लागी दैलेख जिल्ला अस्पतालमा ल्याइएको बताए ।
मामाघरदेखि नजिकै रहेको फुपुको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको स्थानीयको भनाईछ । बालिकाको आमाले जाहेरी दिएपछि शव पोष्टमार्टम हुने प्रहरी प्रमुख साहले जानकारी दिए । बालिका बाल कल्याण प्राविमा कक्षा ६ मा अध्ययनरत थिइन ।