Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सल्यानमा जीप दुर्घटना, आठको मृत्यु


सल्यान :  सल्यानमा भएको जीप दुर्घटनामा परी ७ जनाको मुत्यु भएको छ । राप्ती राजमार्गको कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप विहान साढे तीन बजे दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

जिपमा सवार ९ जना मध्ये १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । सडक दुर्घटना परी मुत्यु हुनेमा कपुरकोट गाउँपालिका ६ जलबाँङग का २१ वर्षका जित बहादुर बोहोरा, ३७ वर्षका धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, निजकै छोरा ११ वर्षका बसन्त ओली रहेका छन । यस्तै ३० वर्षका सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ को ललित ओली रहेका छन ।

बाँकेको ढकेरीबाट कपुरकोट ६ रीम फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको हुन् । जीप राप्ती राजमार्गको मुलपानी अनियन्त्रीत भएर सडकवाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना स्थल सल्यान सदरमुकाम खलंगावाट अन्दाजी ४० किमी पूर्वमा पर्दछ । दुर्घटना परी निधन भएका ब्यक्तिहरुको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भैरहेको सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिए ।