Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

दशैँ अघि नपुग्ने भयो बिक्री केन्द्रमा चामल

दैलेख  :   खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले स्थल मार्ग बाट खाद्यवस्तु ढुवानी गर्न टेन्डर गरे पनि समयमै सम्झौता हुन नसक्दा दसैँ अघि बिक्री केन्द्रमा चामल नपुग्ने भएको छ । दसैँ अघि बिक्री वितरण केन्द्रमा चामल नपुगेका कारण त्यहाँका नागरिकको दसैँ समेत खल्लो हुने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले स्थल मार्ग बाट खाद्यवस्तु ढुवानी गर्न असार १९ गते टेन्डर दैलेख जिल्लाको सदरमुकाम दैलेख बजार,ठाटिकाँध बिक्री वितरण केन्द्र, चामुण्डाबिन्द्रासैनी वितरण केन्द्र, नौमुले बिक्री वितरण केन्द्र र बेस्तडा बिक्री केन्द्र लगायत १३३ सेक्टरका लागि टेन्डर आह्वान गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड दैलेख शाखाका प्रमुख रबिन रेग्मीले केन्द्र बाट टेन्डर भई स्वीकृत भएका ढुवानी सेवालाई सम्झौता गर्न आउन असोज ५ गते सूचना निकालेको र १५ दिने समय सीमा भएका कारण दसैँ अघि चामल बिक्रि केन्द्रमा पुग्ने सम्भावना कम रहेको बताए । उनले सुर्खेत देखी दैलेख सदरमुकाम सम्म चामल ढुवानीका लागि बराल ढुवानी सेवा सुर्खेत,राजापुर देखी दैलेख सदरमुकामका लागी खुसी टेर्ड«स राजपुर बर्दिया, सुर्खेत देखी ठाटिकाँध वितरण केन्द्र, चामुण्डाबिनद्रासैनी वितरण केन्द्र ,नौमुले वितरण केन्द्र र बेस्तडा वितरण केन्द्र सम्म ढुवानीका लागि कौशीला जनरल स्टोर दैलेख छनोट भएको बताए । उनले भने सुर्खेत बाट दैलेख सदरमुकामका लागी बराल ढुवानी सेवा छनोट भएको भए पनि हामीले सम्झौता गर्न अघि नै दैलेखमा खाद्यान्न अभाव हुन नदिन अगाडी नै चामल ढुवानी गरेका हौ ।

बिक्री वितरण केन्द्रका लागि टेन्डर स्वीकृत भएको कौशिला जनरल स्टोर नारायण नगरपालिका –३ ले कम्पनीले दिएको समय सीमा भित्र सम्झौता गरेर मात्र खाद्यान्न ढुवानी गर्ने जनाएको छ । ढुवानीका लागी टेन्डर स्वीकृत भएको भए पनि बिक्री केन्द्रमा पुगेर आफै चामल वितरण गर्नु पर्ने भएका कारण ढुवानी गर्न समस्या भएको ढुवानी सेवाहरूले बताएका छन् ।

दैलेखमा रहेका बिक्री केन्द्रमा चामल नपुगेपछि स्थानीय नागरिक भने जिल्ला सदरमुकाममा आएर चामल लिने गरेका छन् । गाउँको बालीनाली राम्रो नहुँदा भात खान खाद्य संस्थानकै चामलमा भर पर्नुपर्ने बाध्यता स्थानीयको छ तर गाउँको बिक्री केन्द्रमा चामल नपुगेपछि दसैँमा आफूहरूलाई समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

भगवतीमाई गाउँपालिका–२ का दल बहादुर विकले भने वितरण केन्द्रमा चामल नआएका कारण आफूहरू महँगो रुपियाँ तिरेर पसल बाट किनेर खान बाध्य भएको बताए । उनले दसैँ अघि चामल आउँला भन्ने लागेको थियो किन आएन जानकारी छैन त्यसको भर परेर बस्ने हो भने गाउँकै पसलमा नपाइने चिन्ताले आफूहरूले चामल किनिसकेको बताए । उनले भने बजारमा किन्दा र बिक्री वितरण केन्द्र बाट किन्दा पाँच सय देखी सात सय सम्मको फरक पर्ने गरेको छ ।