Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एमालेले समानुपातिक सांसदलाई नदोहोर्‍याउने

काठमाडौँ :  नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद नदोहोर्‍याउने भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा दिएर संघीय तथा प्रदेशसभाको सांसद नपाउने गरी मापदण्ड निर्धारण गरेको छ ।

ुसमानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने मत हो । यसमा सिंगो पार्टीपङ्तीको योगदान रहेको कुरा हुन्छ । समानुपातिक मत सामूहिक कमाई हो । तसर्थ समानुपातिकतर्फको बन्दसूची तयार पार्दा सबै मिलेर कमाउने र दामासाहीमा वितरण गर्ने विषयलाई ध्यान दिनुपर्छ,ु एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, दामासाही वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण हो । समानुपातिकसहित अप्रत्यक्षरुपमा अवसर प्राप्त गरेका पार्टीका नेता वा कार्यकर्ताहरुलाई आमरुपमा दोहोर्‍याउन हुन्न । यस्तो क्षेत्रमा पालैपालो वितरण प्रणाली लागू गरिनु पर्छ ।ु

 

त्यसैगरी स्थानीय तह वा अन्य तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई राजीनामा गराएर प्रदेश वा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने केन्द्रीय कमिटीले निर्णय गरेको प्रमुख गुरुङले भने । पछिल्लो समयमा भएको निर्वाचनमा पराजित भएका कुनै पनि उम्मेदवारहरुलाई प्रदेश वा प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाइनु उपयुक्त नहुने केन्द्रीय कमिटीले मापदण्ड निर्धारण गरेको छ ।