Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सोसेक नेपालको अध्यक्षमा मञ्जुकुमारी खड्का

दैलेख  :  सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा मञ्जुकुमारी खड्का चयन भएकी छन् । शनिवार सम्पन्न सोसेकको २५ वार्षिक साधारण सभा तथा रजत जयन्तीबाट अध्यक्षमा खड्का चयन भएकी हुन् । कार्यवाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी खड्कालाई अध्यक्षमा चयन गरिएको हो

साधारण सभाले सदस्यहरुमा महेन्द्रकुमार कार्की, कमला चन्द, मनसरा थापामगर, कविराज रिजाल, सुजन न्यौपाने, कमला कुमारी नेपाली (बादी) ललिताकुमारी भण्डारी, संगिता राना, र लक्ष्मण कुमार कार्की चयन छन ।
साधारण सभाबाट निर्वाचित अध्यक्ष तथा सदस्यहरुले शनिवार साँझ नै शपथ ग्रहण गरेका छन् । कार्यसमितिको आगामी बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्ने निर्णय गर्नेछ ।