Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

गुणस्तरीय शिक्षण सिकाई गर्न शिक्षकलाई आवासीय तालीम

दैलेख  :  नारायण नगरपालिकाका विभिन्न विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्ये नारायण नगरपालिकाका ३८ विद्यालयका शिक्षकहरूका लागि आधारभूत तह (कक्षा १–३)एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित क्षमता विकास तालिम प्रदान गरिएको छ । नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सबलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजनाले उक्त तालीम दिएको हो । युनिसेफ र नारायण नगरपालिकाको सहयोग, सेतो गुराँस बाल विकास सेवा दैलेखको साझेदारी तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा तालिम प्रदान गरिएको हो ।

सेतो गुराँस बाल विकास सेवा दैलेखका जिल्ला कार्यक्रम संयोजक तथा निर्देशक राधा मल्लले गुणस्तरीय शिक्षा सँगै कक्षा कोठामा लागु गर्ने बाल मैत्री वातावरण, बाल मैत्री खेल सामग्री निर्माण र प्रयोग, विद्यार्थी कार्य पुस्तक, शिक्षक निर्देशिका लगायतका विषयमा छलफल अन्तरक्रिया तथा प्रयोगात्मक अभ्यास गरिएको जानकारी दिईन । उनले बालबालिका र कक्षा १ देखी अध्यापन हुने विद्यालयका शिक्षकहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त तालीम प्रदान गरिएको बताईन ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माले नगरपालिका क्षेत्रका विद्यालयको शैक्षिक सुधारमा आफूहरू प्रतिबद्ध रहेको बताए । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको बताउँदै मेयर शर्माले विद्यालयको टिनको छानो हटाएर पक्की भवन निर्माणको अवधारणा अघि सारेको बताए ।