सडक भासिएपछि आवतजावतमा समस्या


दैलेख : लगातारको वर्षातको कारण सडक भासिदा आवतजावतमा समस्या भएको छ । दैलेख सदरमुकामको–६ देखी नयाँ गाउँ देखी बिजौरा हुँदै –११ विन्ध्यवासिनी र नौमुले गाउँपालिका –८ जोड्ने सडक भासिदा आवतजावतमा समस्या भएको हो ।
नारायण नगरपालिका दैलेखले तीन वर्ष अघि देखी निर्माण गर्न सुरु गरेको नारायण नगर चक्रपथ समेत निर्माण हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको स्थानीयले बताएका छन् । उनीहरूले सडक खन्ने र सडकका लागि आवश्यक पर्ने नालीको व्यवस्था नगरेका कारण ग्रामीण सडक बर्षातको समयमा बन्द हुने गरेको बताएका छन्
नारायण नगरपालिका –६ बिजौराका दशरथ रानाले सडक भासिदा सवारी साधन मात्र नभएर पैदल यात्रीलाई हिँड्न समस्या भएको बताए । उनले पहिरो गएपछि त्यहाँका किसानले समेत आफूले उत्पादन हुने तरकारी ,दुघ समेत बिक्री वितरण गर्न समस्या भएको बताए । उनले भने सडक निर्माण गर्दा नाला नबाउने समस्या कारण ठुलै पहिरो गएको छ ।
पहिराले पुरै सडक भत्काएपछि स्थानीय नागरिकको माग अनुसार नारायण नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापा डोजर लिएर गए पनि तत्काल बाट सञ्चालन गर्न नसक्ने भएपछि त्यसै फर्केकी छिन । नगर उप प्रमुख थापाले सानो पहिरो गएको होला भनेर डोजर लिएर गएको थिए त्यहाँ तत्काल डोजर लगाएर बाटो बनाउने सक्ने अवस्था छैन त्यसैले सदरमुकाम जोड्ने वैकल्पिक बेलासपुर मन्दिरको पुर्बक्षेत्र हुँदै खुर्सानी वारी भएर सदरमुकाम जोड्ने बाटो बाट हिँड्न आग्रह समेत गरेकी छिन ।
सडक भासिए सँगै दैलेखको ११ केभी बजार फिडरको बिजौरा जाने विद्युत् लाईनमा समेत समस्या हुँदा लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले विद्युत् पहिरो गएका कारण पोलहरू भाँचिएर अवरुद्ध भएको विद्युत् लाइन छिटै जडान गरिसक्ने बताए ।

