Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

 

सुर्खेत  :  काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । रत्न राजमार्गको छिन्चु–धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका–२ पैसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेको एक जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुङगा खस्दा सवारी चालकभन्दा पछाडीको सिट बसेका दुइ जना घाइते भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

भगवतीमाई गाउँपालिका–२ की १७ वर्षीय पार्वती शाहीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ढुंगा लागेर शाही र वीरेन्द्रनगर६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए । तर टाउकोमा गम्भीर चोट लागेकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

सुनारको दाइने कानमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका(३ का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीको नियन्त्रणमा छन् ।